मकवानपुरको बाग्मतीमा आइपुगे नेकपाका अध्यक्ष प्रचण्ड

२०७५ माघ २,बुधबार १२:५४

मकवानपुर २ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ मकवानपुरको बाग्मती गाउँपालिका आइपुगेका छन् । उनी हेलिकप्टर चढेर मकवानपुरको बाग्मती गाउँपालिकामा भखरै आएको नेकपाका नेता कमानसिं पाख्रिनले जानकारी दिएका छन् ।

प्रचण्डले पहिले गाउँपालिकाको भवन उद्घाटन, त्यसैगरी झुरझुरे सहिद पार्क उद्घाटन र आजबाट सुरु हुने बाग्मती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको समेत उद्घाटन गर्ने नेता पाख्रिनले जानकारी दिएका छन् ।

साथै आज समय रहेमा प्रचण्डले मकवानपुरका पार्टी कार्यकर्तासंग भेटघाट गर्ने समेत गाउँपालिका निकट स्रोतले जनाएको छ ।