मनहरीका ५० जना बालबालिकालाई न्यानो कपडा वितरण

२०७५, २ माघ बुधबार ११:४५

हेटौंडा २ माघ । एन.सी.एफ नेपाल ३ नम्बर प्रदेश युवा समितिले ५० जना बालवालिकालाई न्यानो कपडा वितरण गरिएको छ ।

मनहरी गाउँपालिका वडा नम्बर १ मकरीका ५० जना बालवालिकालाई सुइटर, टोपी र कम्बल वितरण गरेको एन.सी.एफ नेपाल ३ नम्बर प्रदेश युवा समितिका संयोजक बिरु रन्त दोङले जानकारी दिए ।

एन.सी.एफ नेपालको ६० औँ वर्ष गाँठको अवसर समेत पारी विभिन्न व्यक्तिहरुबाट आर्थिक संकलन गरि जाडोकै कारण कोही पनि विद्यार्र्थीहरु विद्यालय जानबाट बन्चित नहुन भनेर नै आफुहरुले न्यानो कपडा सहयोगको लागि आएको समितिका सदस्यहरुले बताएका छन् ।