नेकपा अध्यक्ष प्रचण्ड आज मकवानपुरको बागमती गाउँपालिका आउँदै, के-के छन् कार्यक्रम ?

२०७५ माघ २,बुधबार ०७:०७
फाइल फोटो

मकवानपुर २ माघ । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज मकवानपुर आउँदै छन् । बाग्मती गाउँपालिकाको खर्चमा उनी हेलिकप्टर चढेर मकवानपुरको बाग्मती गाउँपालिका आउँदैछन् ।

गाउँपालिकाका अध्यक्ष सर्केश घलानले नेकपा अध्यक्ष प्रचण्डलाई गाउँपालिकाको भवन उद्घाटनका लागि आमन्त्रण गरिएको तु खबरलाई बताए । उनका अनुसार अन्य विभिन्न कार्यक्रम समेत आज तय गरिएको छ । प्रचण्डले साढे १२ बजे गाउँपालिकाको भवन उद्घाटन गर्नेछन् । त्यसैगरी १ बजे झुरझुरे सहिद पार्क उद्घाटन गर्नेछन् ।

आजबाट सुरु हुने बागमती गाउँपालिका गोल्डकप फुटबल प्रतियोगिताको समेत उनैले उद्घाटन गर्ने कार्यक्रम तय भएको छ ।
साथै आज समय रहेमा प्रचण्डले मकवानपुरका पार्टी कार्यकर्तासंग भेटघाट गर्ने समेत गाउँपालिका निकट स्रोतले जनाएको छ ।

कार्यक्रममा प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणि पौडेल, लगाएत नेकपा मकवानपुरका थुप्रै नेता तथा कार्यकर्ताको उपस्थिति रहने स्रोतको जानकारी छ ।