गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै

२०७५, २ माघ बुधबार ०६:२३

काठमाडौं २ माघ । अनशनरत डा. गोविन्द केसीको स्वास्थ्यस्थिति जटिल बन्दै गएको छ ।

दायाँ फोक्सोमा निमोनिया भएको र रगतमा चिनीको मात्रा कम हुँदै गएको उनको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । इलाम अस्पतालमा अनशनकै क्रममा उपचाररत केसीको मुटुको चाल पनि अनियमित तरिकाले बढ्दै गएको छ । उनी चिकित्सा क्षेत्र सुधारको माग राखी इलामबाट १६औँ अनशनमा छन् ।

उनले सरकारले चिकित्सा शिक्षा विधेयक सम्झौता बमोजिम पालना नगरी तोडमोड गरेको भन्दै अनशन बसेका हुन् ।

नयाँ पत्रिकामा समाचार छ ।