नेकपा प्रदेश नं ५ संसदीय दलको बैठक सम्पन्न

२०७५ पुष ३०,सोमबार १५:५२

बुटवल, ३० पौष । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं ५ प्रदेशसभा संसदीय दलको बैठक आज सम्पन्न भएको छ ।

झण्डै पाँच महीनापछि बसेको सो बैठकले प्रदेशसभा र सरकारका काम कारवाहीलाई कसरी जनतामाझ पु¥याउने र कानून निर्माणका कामलाई प्रभावकारी बनाउने विषयमा छलफल भएको नेकपा संसदीय दलका सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।

यस्तै प्रदेशसभा अन्तरगत रहेका विभिन्न संसदीय समितिलाई क्रियाशील बनाएर विषयगत मन्त्रालयलाई कानून निर्माणमा क्रियाशील बनाउने र प्रदेशसभा सदस्यलाई विषयगत मन्त्रालयका आवधिक योजना कार्यान्वयनमा क्रियाशील बनाउने विषयमा समेत छलफल भएको प्रमुख सचेतक ढकालले जानकारी दिए ।

सो अवसरमा पार्टी संसदीय दलका नेता तथा मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेशमा कानून निर्माणमा चासो राखेर कस्तो कानून निर्माण गर्ने तथा प्रदेशको विकास, समृद्धि र सुशासन कायम गर्ने विषयमा ध्यान दिन संसदीय समितिलाई आग्रहसमेत गरे ।