निःशुल्क प्राथमिक उपचार सम्बन्धी तालिम सम्पन्न

२०७५ पुष ३०,सोमबार ०७:०९

मकवानपुर ३० पुस । पहाडी र गाउँ नै गाउँले भरिएको हाम्रो देश नेपालमा अझै पनि स्वास्थ्य सेवा सर्बसाधरण नेपालीको पहुँचमा पुग्न सकेको छैन । आधारभूत स्वास्थ्य सेवा ज्ञान र चेतनाको कमी प्राथमिक उपचारको अज्ञानताका कारण हजारौं नेपालीले बर्षेनि अकालमा ज्यान गुमाउनु परेको तितो यथार्थलाई मध्यनजर गर्दै युवा समाजसेवि तथा निर्मल हेल्थ क्लिनिकका प्रोपाइटर निर्मल तिमल्सिनाले बागमती गाउँपालिका ३ मा रहेको सीता आधारभुत विद्यालयमा अध्यनरत बालवालिकाहरुलाई निःशुल्क प्राथमिक उपचार सम्बन्धी तालिम दिएका छन् ।

स्वास्थ्य संस्था पहुँचमा नहुनु, बिषयबिज्ञ स्वास्थ्यकर्र्मी सबै स्थानमा उपलब्ध नहुनु र अस्पताल पुर्‍याउनु अघि विरामीको जीवन लम्ब्याउन र तत्काल उपचार गर्न सम्भव नभएको खण्डमा गरिने प्राथमिक स्वास्थ्य उपचार र बिपत्तिमा कसरी मानिसलाई बचाउने भन्ने बिषयमा वालवालिकाहरुलाई प्रशिक्षण गराएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रविन आलेमगरले जानकारी दिए ।

आफ्नो व्यक्तिगत लगानीमा विद्यालयमा प्रशिक्षण तथा प्राथामिक सामाग्री सँगैं कक्षा १ देखी कक्षा ८ सम्मका वालवालिकालाई पिउने पानीको भाडा समेत सहयोग गर्नु भएको अध्यक्ष आलेमगरले जानकारी दिए ।