मकवानपुरको हेटौंडाबाट लागूऔषध कोरेक्स २ लिटरसहित ३ जना पक्राउ

२०७५ पुष २९,आईतवार १५:३३

मकवानपुर २९ पौष । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं.१० स्थित ट्याङकर गाडीमा लुकाई छिपाई राखेको २ वटा बोतलमा २ लिटर लागूऔषध कोरेक्ससहित आईतबार प्रहरीले ३ जनालाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी निरिक्षक मधु कुमार थापाको टोलीले विशेष सुचनाको आधारमा ईन्द्रसरोवर गाउँपालिका वडा नं. ५ का २४ वर्षिय अरुण तामाङ, १५ वर्षिय सुवास तामाङ र १५ वर्षिय बिजय तामाङलाई पक्राउ गरेको हो ।

बिरगंजबाट काठमाण्डौ तर्फ जाँदै गरेको ना ३ ख ४२०९ नं.को ट्याङकर गाडीलाइ रोकी चेकजाँच गर्ने क्रममा उक्त लागूऔषतसहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

ट्याङकर प्रहरीको नियन्त्रणमा रहेको छ । उनीहरुलाई पक्राउ गरी लागूऔषध नियन्त्रण ऐन २०३३ बमोजिम आवश्यक कारवाही भईरहेको प्रहरीले जनाएको छ ।