नगर सभापति पराजुलीले गरे १ सय ५० विद्यार्थीलाई न्यानो कपडा वितरण

२०७५ पुष २९,आईतवार १४:३९

भार्ता,२९ पौष । मकवानपुरको विकट कैलाश गाउँपालिका वडा नं. ८ भार्ता ल्वाङ्गास्थित सुन्दरकाली प्रा.वि.का १ सय ५० विद्यार्थीलाई आईतबार न्यानो कपडा तथा स्टेशनरी सामाग्री वितरण गरिएको छ ।

विद्यालय व्यवसथापन समितिका अध्यक्ष सिताराम थिङ्गको सभाध्यक्षता तथा नेपाली कांग्रेसकी केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय डिनाको प्रमूख आतिथ्यतामा जाडोमा लाउने न्यानो कपडा स्वीटर, टोपी र स्टेसनरी सामाग्रीहरु वितरण गरिएको हो ।

पार्टी सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँ, हेटौंडा नगर सभापति आनन्दराम पराजुली र पेट्रोलियम बिक्रेता संघ मकवानपुरका अध्यक्ष एवं कांग्रेस नेता उत्सव ईटेनीले १ सय ५० विद्यार्थीहरुलाई न्यानो कपडा तथा स्टेशनरी सामाग्री उपलब्ध गराएका हुन् ।

कार्यक्रममा अतिथिहरु नेपाली कांग्रेस ४ नम्बर क्षेत्रीय सभापति लोक मुक्तान, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, महिला संघ जिल्ला सचिव निलम देवकोटा, मनहरी गाउँपालिका अध्यक्षका प्रत्यासी शंकर न्यौपाने, कैलाश ८ का वडा अध्यक्ष सूर्जबहादुर थिङ्ग, कांग्रेस मकवानपुरका सूचना प्रमूख सुजन विडारी, सुन्दरकाली प्रा.विका प्रधानाध्यापक निर्मला सिन्तान, शिक्षक प्रदिप थिङ्ग, मकवानपुर उद्योग वाणिज्य संघ मकवानपुरका सचिव एवं समाजसेवी सन्तोष अर्याललगायतले मन्तव्य व्यक्त गरेका थिए ।