बस्तीपुर जेसिजमा सुनिल अधिकारीको नेतृत्व

२०७५, २९ पुष आईतवार ०७:२२

मकवानपुर २९ पुस । बस्तीपुर जेसिजको सन २०१९ को अध्यक्षमा सुनिल अधिकारी निर्विरोध निर्वाचित भएका छन् । शनिबार भएको आठौँ वार्षिक साधरणसभाले अधिकारीलाई निर्विरोध चयन गरेको हो।

कार्यकारी उपाध्यक्ष पदमा भने निर्वाचन भएको छ । निर्वाचनबाट प्रकाश थोकर र विदुर थापा विजयी भए भने रविन ढकाल पराजित भएका छन् ।
उपाध्यक्षमा रघुनाथ खतिवडा, अमृत पाठक, तेजप्रसाद उप्रेती, शिवराज उप्रेती निर्विरोध भए ।

जेसिजका सन २०१८ का अध्यक्ष राममणी बर्तौलाको अध्यक्षतामा भएको कार्यक्रममा सस्थापक अध्यक्ष गणेश भेटवाल, वडा नंबर १९ का वडा अध्यक्ष नरनाथ सुवेदी, बस्तीपुर जेसिजका सल्लाहाकार कविन सांगामी लगाएतको उपस्थिति रहेको थियो ।