माघ २ गते प्रचण्ड मकवानपुर आउने

२०७५ पुष २९,आईतवार ०६:२८

मकवानपुर २९ पुस । पूर्व प्रधानमन्धी एवम् नेकपा अध्यक्ष पुस्पकमल दाहाल प्रचण्ड माघ २ गते मकवानपुर आउने भएका छन् । उनी मकवानपुरको बाग्मती गाउँपालिका आउने बाग्मती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।

उनले गाउँपालिका कार्यालय भवनको उद्घाटन, बाग्मती गोल्डकपको उद्घाटन, कार्यकर्ता भेटघाट, गाउँपालिकामा रहेको शहिद स्मारक तथा स्तम्भको शिलान्यास गर्ने लगाएतको कार्यक्रम तय गरिएको जानकारी छ ।

अध्यक्ष प्रचण्डलाई गाउँपालिकाकै बजेटमा हेलिकप्टर चढाएर बाग्मती गाउँपालिका ल्याइने गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिए ।