हाँडिखोलामा वडास्तरीय सम्वाद

२०७५, २९ पुष आईतवार ०६:१३

मकवानपुर २९ पुस । मनहरी गाउँपालिका ३ हाँडिखोलामा वडास्तरीय सम्वाद कार्यक्रम भएको छ । हिमराईटस् मकवानपुरले दातृ निकाय र मनहरी गाउँपालिकासँगको समन्वयमा कार्यक्रम आयोजना गरेको हो ।

‘सबै तहकाशासनमा सामाजिकजवाफदेहिता, सिमान्तकृत युवाको सक्रिय सहभागिता’बिषयक सम्वाद कार्यक्रममा स्थानीय युवाहरुले जनप्रतिनिधीलाई जिज्ञासा सोधेका थिए । युवाहरुको जिज्ञासाको उत्तर मनहरी गाउँपालिकाका ३ नम्बर वडा अध्यक्ष मानबहादुर स्याङ्गतान, वडा सदस्यहरु उमाकुमारी नेपाली, बिष्णुबहादुर थिङ्ग, उद्धब मल्ल र वडा सचिवज्ञानेन्द्र ढकालले दिएका थिए ।

कार्यक्रममा सहभागीले पुल समस्या, उच्चशिक्षा, स्वास्थ्य सेवा, कृषि अनुदान, निर्माणमा स्थानीयको सहभागिता, वडा कार्यालयको सूचना प्रवाह लगायतका बिषयमाआ–आफ्ना धारणासहित जनप्रतिनिधीमाथि जिज्ञासा राखेका थिए ।

कार्यक्रममा वडाको अवस्था, समस्या र चुनौतीहरु तथाविकासको साझाधारणा बिषयमा प्रश्नउत्तरसँगै छलफल गरिएको थियो । प्रकाश ढकालले सहजिकरण गरेको कार्यक्रममा हिमराईट्स केन्द्रीय कार्यालयका लेखा अधिकृत बिजय महर्जन, मकवानपुर कार्यक्रम संयोजक कुमारी वाईबाल गायतको उपस्थिती रहेको थियो ।

यसैबिच, मनहरी गाउँपालिकाको वडा नम्बर ६ मा सोमबार वडास्तरीय सम्वाद कार्यक्रम गरिने बताईएको छ ।