१६० जनाले गराए मधुमेह र रक्तचापको निःशुल्क स्वास्थ्य परिक्षण

२०७५ पुष २८,शनिबार १६:२१

हेटौंडा २८ पौष । नयाँ पाइलाद्वारा आयोजित मधुमेह र रक्तचापको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

समृद्ध नेपालका लागि नयाँ पाइलाको आयोजना र ग्लोबल सर्जिकलको सहयोगमा आज हेटौंडामा भएको निःशुल्क स्वास्थ्य शिविरमा १६० जनाले स्वास्थ्य परिक्षण गराएका थिए ।

 

 

 

 

कार्यक्रममा प्रदेश नं.३ को मुख्यमन्त्री डोरमणी पौडेको प्रेस संयोजक प्रकाश दाहाल, प्रदेश नं. ३ का पत्रकार महासंघ उपाध्यक्ष सरिता दाहाल, कार्यक्रम संयोजक अनिल उप्रेती,  डि कम्पनीका नेपाल उपाध्यक्ष जितेन्द्र राव, नयाँ पाईलाका जिल्ला अध्यक्ष श्रमन सुनार, संरक्षक रिपेश दाहाल, सञ्चारकर्मीहरु र संस्थामा सदस्यहरुको उपस्थिति रहेको थियो ।