मकवानपुरको बाग्मतीमा नेकपाका अध्यक्ष प्रचण्ड आउने

२०७५, २८ पुष शनिबार १५:३५

मकवानपुर २७ पौष । नेकपाका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ माघ २ गते मकवानपुरको बागमती गाउँपालिकामा आउने भएका छन् ।

माघ २ गतेको दिन गाउँपालिकामा राखिएका विभिन्न कार्यक्रममा सहभागी हुन प्रचण्ड बागमती गाउँपालिका आउन लागेका हुन् ।

प्रचण्डले त्यसदिन साढे १२ बजे झुरझुरेमा रहेको गाउँपालिकाको कार्यालय उद्घाटन कार्यक्रम, करिब १ गते झुरझुरे सहिद पार्क उद्घाटन र त्यसपछि बागमती गोल्डकप फुटबल प्रतियोगिताको उद्घाटन गर्ने कार्यतालिका रहेको छ ।

सोही क्रममा पार्टीका कार्यकर्तासँग भेटघाट गर्ने कार्यक्रम पनि रहेको नेकपाका नेता कमान सिंं पाख्रिन ‘पृथक’ले जानकारी दिए ।

कार्यक्रममा ३ नम्बर प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललगायत नेकपा नेता, प्रदेशसभा सदस्यलगायतको सहभागिता रहने बताइएको छ ।