डा. केसीको जीवन रक्षाको पहल गर्न सरकारलाई आग्रह

२०७५, २८ पुष शनिबार १४:११

काठमाडौं २८ पौष । नेपाल चिकित्सक संघले आमरण अनसनरत डा. गोविन्द केसीको जीवन रक्षाका लागि विशेष पहल गर्न सरकारलाई आग्रह गरेको छ । सहमति कार्यान्वयनको माग राख्दै शुक्रबारदेखि इलाममा अनसनरत रहेका डा.केसीको स्वास्थ्यमा समस्या देखिएका छन् ।

१६ औं पटक अनसनमा बस्दा डा. केसीको शारीरिक अवस्था अत्यन्त कमजोर रहेको र जनुसुकै बेला अप्रिय घटना घट्नसक्ने भन्दै संघका महासचिव डा. लोचन कार्कीले जीवन रक्षाका निम्ती विशेष पहल गर्न र अनसनलाई सदाका लागि अन्त्य गर्ने सुनिश्चित वातावरण तयार गर्न सरकारलाई आग्रह गरेका छन् ।