टी–२० क्रिकेट : नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत

२०७५ पुष २८,शनिबार १३:५४

काठमाडौँ, २८ पौष । थाइल्याण्डमा शुरु भएको महिला टी–२० क्रिकेट प्रतियोगितामा नेपालले विजयी शुरुआत गरेको छ ।

आज थाइल्याण्डको एशिया इन्स्टिच्यूट अफ टेक्नोलोजी मैदानमा भएको उद्घाटन खेलमा नेपालले चीनलाई १० विकेटले पराजित गर्दै विजयी शुरुआत गरेको हो । चीनले दिएको ४९ रनको सामान्य लक्ष्य नेपालले आठ ओभर ४ बलमा बिनाविकेटको क्षतिमा पूरा ग¥यो ।

नेपालको जितमा सीता राना मगरले नटआउट २३ तथा काजल श्रेष्ठले १४ रन जोडे । सीताले २५ बल खल्दै तीन चौका प्रहार गरिन् । यस्तै काजलले एक चौका प्रहार गरिन् । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चीनले निर्धारित २० ओभरमा छ विकेट गुमाएर ४८ रन बनाएको थियो । चीनका लागि ओपनर झाङ चानले सर्वाधिक १३ रन बनाए पनि अन्य ब्याट् सम्यानले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।

जितसँगै समूह ‘ए’ मा रहेको नेपालले दुई अङ्क जोडेको छ । अब नेपालले दोस्रो खेलमा आइतबार मलेसियासँग खेल्नेछ ।