महिला टी–२० क्रिकेटमा आज नेपाल र चीनबीचको खेल हुँदै

२०७५ पुष २८,शनिबार १२:३७

काठमाडौँ, २८ पौष । आजदेखि थाइल्याण्डमा हुने महिला टी–२० क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र चीनबीचको खेल शुरु भएको छ ।

थाइल्याण्ड क्रिकेट एशोसिएसनले आयोजना गरेको प्रतियोगिताको समूह ‘ए’ मा रहेको नेपालले चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो ।

उक्त प्रतियोगिताका लागि नेपाली टोली शुक्रबार थाइल्याण्ड प्रस्थान गरेका थिए । उपाधि जित्ने लक्ष्य लिएको नेपाल चीनलाई हराएर सुखद् शुरुआत गर्ने लक्ष्यसहित मैदानमा उत्रने मुख्य प्रशिक्षक विनोद दासले जानकारी दिए ।

नेपाली टोलीमा १४ सदस्यीय खेलाडीसहित मुख्य प्रशिक्षक विनोद दास, म्यानेजर अमृता पौडेल र फिजियो सकुना डानी सहभागी रहेका छन् ।

नेपालले आफ्नो दोस्रो खेल यही पुस २९ गते मलेसियासँग, तेस्रो खेल ३० गते संयुक्त अरब इमिरेट्स (युएई) सँग खेल्ने छ भने अन्तिम खेल माघ २ गते थाइल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ । समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।