‘खेलकूदलाई जीवनको अभिन्न अङ्ग बनाउनु पर्छ’

२०७५, २८ पुष शनिबार १२:३०

नेपालगञ्ज, २८ पौष । प्रतिनिधिसभा शिक्षा, स्वास्थ्य, युवा तथा खेलकूद संसदीय समितिका सभापति जयपुरी घर्तीले खेलकूदलाई सबैले जीवनको अभिन्न अङ्ग बनाउनु पर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय खेलकूद विज्ञान प्रतिष्ठान र क्षेत्रीय खेलकूद विकास समितिको आयोजनामा शुक्रबार प्रशिक्षक प्रशिक्षण कार्यक्रम उद्घाटनका क्रममा उनले भने खेलकूदलाई राजनीतिबाट सधैँ टाढा राख्न सकिएमा मात्र खेलकूदका गतिविधिलाई व्यवस्थित बनाउन सकिन्छ ।

नेपालगञ्जमा हुने आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितालाई दृष्टिगत गरी आयोजना गरिएको सो प्रशिक्षणमा ५० जनाको सहभागिता रहेको छ ।