अशोकवाटिका र हटिया साकोसको सहकार्यमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

२०७५, २७ पुष शुक्रबार २१:०१

मकवानपुर २७ पुस । अशोक वाटिका बचत तथा ऋण सहकारी संस्था र हटिया बचत तथा ऋण सहकारी संस्थाको सहकार्यमा हेटौँडा १७ मा आज एक दिवशीय सहकारी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । अशोकवाटिका सहकारीका शिक्षा उपसमिति संयोजक लेखनाथ ढकालको सभाध्यक्षता तथा हटिया साकोसका अध्यक्ष रमेश रानाको प्रमुख आतथत्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा आशोकबाटिका साकोसको गतिविधि ब्यवस्थापन खिलप्रसाद पौडेलले तथा हटिया साकोसको गतिविधि अध्यक्ष रमेश रानाले प्रस्तुत गरेका थिए । कार्यक्रममा हटिया साकोसका शिक्षा समिति सदस्यले स्वागत मन्तब्य व्यक्त गरेका थिए । सहकारी सहकारीबिच समन्वयात्मक भावनाले आफ्ना गतिविधि तथा क्रियाकलापलार्इ सदस्यमुखि बनाउने मुख्य योजना अनुसार गरिएको अन्तरक्रिया कार्यक्रममा , बिना घिमिरे (उपाध्यक्ष, अशोकबाटिका साकोस), श्री शिता दंगाल (उपाध्यक्ष हटिया साकोस), सागरनाथ बास्तोला (सचिव, अशोकबाटिका साकोस), भरत प्रसाद गौतम (ऋणसमितिसंयोजक,अशोकबाटिका साकोस), भगवती वाग्ले (शिक्षा समिति सदस्य, अशोकबाटिका साकोस) , जानकी राइ (शिक्षा समिति सदस्य, अशोकबाटिका साकोस), ब्यवस्थापक खिलप्रसाद पौडेल, अशोकबाटिका साकोस), ब्यवस्थापक , हटिया साकोस) लगायत अन्य संचालकहरु तथा सदस्यहरू गरि ६५ सदस्य ब्यक्तिहरूको उपस्थिति रहेको थियो ।

आफ्नो सहकारीले गरेका राम्रा र फरक कार्यक्रम अरूलाइ पनि सिकाउने र अन्य सहकारीले गरेका राम्रा कार्यक्रमलार्इ आफ्नोमा पनि संचालन गर्न सिक्न पाउन यस्ता कार्यक्रमहरु गर्नु आवश्यक हुन्छ । अशोकबाटिका सहकारिले आफ्नो बर्ष भरि गरिने कार्यक्रमहरू सबैजसो बार्षिक साधारण भेलामा प्रस्तुत गरिने हुँदा कार्यक्रममा उपस्थित सम्पूर्णलाइ बार्षिक प्रतिवेदन पुस्तिका प्रदान गरिएको थियो। बार्षिक कार्यक्रम अनुसार अन्य सहकारिसंग पनि यस्ता क्रियाकलापहरू गर्दै जाने कुरा राख्दै कार्यक्रम समापन भएको थियो ।

कार्यक्रमको उद्घोषण अशोकबाटिका साकोसको सचिव सागरनाथ बास्तोलाले गरेका थिए ।