निर्मलाको परिवारलाई भेटन हेटौंडेली युवाहरु कञ्चनपुरमा

२०७५, २७ पुष शुक्रबार १७:५०

हेटौंडा २७ पौष । बलात्कार पछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारलाई हेटौंडाका युवाहरुले भेटेका छन् ।

लियो क्लब अफ मकवानपुर हेटौंडाको टोलीले निर्मला पन्तका बुबा–आमासहित परिवारलाई कञ्चनपुरमा भेट गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुर अगाडि धर्ना बसेका निर्मलाका परिवारलाई टोलीले भेट गरेको लियो क्लब अफ मकवानपुर हेटौंडाका अध्यक्ष सुशान्त खतिवडाले जानकारी दिए ।