अवैध लागूऔषधसहित ५ जना पक्राउ

२०७५ पुष २७,शुक्रबार १५:२८

काठमाडौं, २७ पौष । ललितपुर र उदयुरबाट अवैध लागूऔषध सहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–१२ महालक्ष्मीस्थानबाट लागूऔषध गाँजा ८ सय ग्राम, नियन्त्रित लागूऔषध नाईट्रोभेट २ सय एम्पुल, ओनरफे ५ बोतल, एक सय एमएमको एक्सिलोन १ बोतल र एक सय एमएमको वीनसिरेक्स ३ बोतल सहित ४ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा ललितपुर चिवहाल बस्ने मकवानपुर घर भएका २६ वर्षीय बखतबहादुर खडका, भारत भएका ३३ वर्षीय अजय ठाकुर, ललितपुर नख्खु बस्ने १८ वर्षीय बिजयकुमार स्याङतान र ललितपुर लगनखेल बस्ने गोरखा घर भएका १६ वर्षीय सुदिप बराम रहेका छन् । महानगरीय प्रहरी वृत्त सातदोबाटोबाट खटिएको प्रहरीले उनीहरुलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

त्यस्तै उदयपुर चौदण्डी गढी नगरपालिका–५ सुन्दरपुर बजारस्थित सप्तरी सप्तकोशी नगरपालिका–१ फत्तेपुर बस्ने २४ वर्षीय गोबिन्द परियारलाई अवैध लागूऔषध गाँजा करिब १ केजी सहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सोही स्थानमा रहेको चिया पसलमा चिया खाईरहेका परियारलाई ईलाका प्रहरी कार्यालय सुन्दरपुरबाट खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो । यी दुबै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।