आगो ताप्ने क्रममा मोवाइलको ब्याट्री पड्किंदा बालकको मृत्यु, बालिका घाइते

२०७५, २७ पुष शुक्रबार १५:१०

विराटनगर २७ पौष । विराटनगर महानगरपालिका–१५ रामजानकी चोकमा मोवाइलको ब्याट्री पड्किंदा एक बालकको मृत्यु भएको छ भने एक बालिका एक बालिका घाइते भएकी छिन् ।

शुक्रबार दिउँसो आगो ताप्ने क्रममा व्याट्री बिस्फोट हुँदा स्थानीय सुवास मण्डलका ७ वर्षीय छोरा अमित मण्डलको मृत्यु भएको हो ।

बिस्फोटमा स्थानीय राजेश मण्डलकी ६ वर्षीया छोरी राधिकाकुमारी मण्डल गम्भीर घाइते भएकी छिन् ।

निर्माणाधीन घरमा आगो बाली खेल्ने क्रममा बिस्फोट हुँदा घाइते भएका बालकको उपचारको लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
घाइते भएकी बालिकाको भने विराटनगर आँखा अस्प्तालमा उपचार भइरहेको छ ।