आन्तरिकतर्फ पनि रात्री उडान

२०७५ पुष २७,शुक्रबार १४:४३

काठमाडौं २७ पौष । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बढ्दो हवाई ट्राफिक जामलाई कम गर्न आन्तरिकतर्फ पनि रात्री उडानलाई प्राथमिकता दिइएको छ ।

त्रिभुवन विमानस्थल कार्यालयका अनुसार बुद्ध, यति, श्री एयरलाइन्सले बेलुका ६ बजेपछि राती ९ बजेसम्म २५ वटा उडान गर्ने तालिका बनाएका छन् ।

यसअघि आन्तरिक उडान बेलुका ६ बजे नै बन्द गर्ने गरिएको थियो । तर, अब यात्रुको चापलाई हेरेर एटीआर विमान भएका एयरलाइन्सले रातीको उडान तालिका बनाएका हुन् ।

त्रिभुवन विमानस्थलबाट हाल दैनिक १०–१२ वटा उडान रातिकै समयमा हुन थालेको छ ।लाइटिङ सिस्टम जडान भएका तराईका एयरपोर्टमा साँझ ६ बजेपछि बढी उडान गराउन लागिएको हो ।