प्रधानसेनापति थापा भारत प्रस्थान

२०७५ पुष २७,शुक्रबार १३:५९

काठमाडौँ, २७ पौष । प्रधानसेनापति पूर्णचन्द्र थापा ६ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् ।

प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन् ।

प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायतलगायत सातजना रहेका छन् ।