पृथ्वीजयन्तीको अवसरमा राप्रपा मकवानपुरको शुभकामना आदानप्रदान कार्यक्रम

२०७५ पुष २७,शुक्रबार १३:२९

मकवानपुर २७ पुस । २९७ औँ पृथ्वीजयन्तीका अवसरमा राप्रपा मकवानपुरले शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।
आज हेटौँडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा बोल्दै राप्रपा मकवानपुरका संयोजक मधु अधिकारीले पृथ्वी नारायण शाहाको एकिकरणकै कारण आज नेपाल राज्य रहेको स्मरण गरे ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, राप्रपाका केन्द्रीय सदस्य दिपकबहादुर सिँह, नेपाली कांग्रेस मकवानपुरका माईकल रामचन्द्र अर्याल लगाएतको आतिथ्यता रहेको थियो ।