रेडियो शक्तिको शोक वक्तब्य : ढकालको सुनियोजित हत्या भएको आसंका

२०७५ पुष २७,शुक्रबार १३:०४

मकवानपुर २७ पुस । सामुदायिक रेडियो शक्ति एफ एमका सञ्चालक मनोहर ढकालको पुस २५ गते भएको निधनप्रति शक्ति एफ एमले गहिरो शोक व्यक्त गरेको छ । रेडियो संचालक समितिका सदस्य सचिव बलराम पुडासैनीले आज शोक वक्तव्य जारी गर्दै ढकालप्रति श्रदाञ्जली र उनका परिवारलाई समवेदना जाहेर गरेका छन् ।

वक्तव्यमा ढकाललको निधनले समग्र रेडियो क्षेत्रमानै अपुरणीय क्षेति पुगेकोे उल्लेख गरिएको छ । साथै ढकालको निधन दुर्घटनाबाट नभई सुनियोजित ढँगबाट उनको हत्या भएको हुनसक्ने आशँका समेत गरिएको छ ।

वक्तव्यमा उल्लेख भएअनुसार घटनाको प्रारम्भीक अवलोकनले उनको दुर्घटनाबाट मृत्यु भएको हुनसक्ने कुनै संभावना नदेखिएको र उनको कसैले सुनियोजित ढँगले हत्या गरेको हुनसक्ने आशँका गरिएको छ ।

साथै उक्त घटनाको विषयमा मकवानपुरको प्रहरी प्रशासनले गम्भीरतापूर्वक अनुसन्धान गर्न वक्तव्यमा अपिल समेत गरिएको छ ।