सुनको मूल्यबृद्धि शुक्रबार प्रतितोला ६० हजार ७ सय कायम

२०७५, २७ पुष शुक्रबार १२:३३

काठमाडौ २७ पुस । शुक्रबार सुनको मूल्यमा बृद्धि भएको छ । सुनको मुल्य बढेर ६० हजार ७ सय रुपैयाँ कायम भएको छ ।

तेजावी सुन भने प्रतितोला ६० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यता, चाँदीको मूल्य प्रतितोला ७६५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।