विद्युत चुहावट गर्ने २४ जना पक्राउ

२०७५ पुष २७,शुक्रबार १२:१३
File Photo

लहान, २७ पौष । विद्युत प्राधिकरण वितरण केन्द्र लहानले हुकिङ गरी विद्युत चुहावट गर्ने २४ जनालाई पक्राउ गरेको छ ।

विद्युत प्राधिकरण वितरण केन्द्र लहानबाट खटिएको विद्युत चुहावट नियन्त्रण टोलीले लहानको पड्रिया, मटियर्वा, बर्छवालगायतका स्थानबाट २४ जनालाई पक्राउ गरेको हो ।

विद्युत चुहावट नियन्त्रणका लागि अनुगमन निरीक्षणको क्रममा हुकिङ गरी विद्युत चुहावट गरिरहेको अवस्थामा सबै जनालाई नियन्त्रणमा लिइएको विद्युत प्राधिकरण लहानका प्रमुख विष्णुप्रसाद यादवले जानकारी दिए ।