७ दर्जन सिनेमा हलमा चौका दाउ

२०७५, २७ पुष शुक्रबार ११:४०

काठमाडौं २७ पौष । सामाजिक कथामा आधारित हास्यप्रधान चलचित्र ‘चौक दाउ’ मुलुक सात दर्जन भन्दा बढी सिनेमा हलमा रिलिज हुने भएको छ । यसका परिकल्पनाकार एवम् कथाकार शम्भुजीत बासकोटाका अनुसार चलचित्रले राम्रो चर्चा पाएकाले मुख्यहलहरु पाएको छ ।

‘माघे सक्रान्तीको अबसर पारेर हामीले चौका दाउ रिलिज गरेका हौं । यो फिल्मले दर्शकलाई दुई घन्टासम्म पुरा हँसाउने छ ।’ यो चलचित्रका संगीतकार शम्भुजीत बासकोटाले भने ।
सौर्यजीत बासकोटा र मनोज राजभण्डारीले निर्माण गरेको यो चलचित्रलाई चलचित्रलाई काठमाडौंमा केबी फिल्मस् र मोफसलमा एफडीले वितरण गर्दैछ । फिल्मलाई काठमाडौंमा पनि राम्रो शो दिईएको वितरक गोपाल कायस्थले बताएका छन् ।

निर्देशक पुर्णेन्दु झाले चौका दाउ निर्देशन गरेका हुन् । उनका अनुसार यो फिल्ममा चार चौकाको रुपमा सन्तोष पन्त, रविन्द्र झा, विल्सन विक्रम राई, तैयव शाह छन् । पाँचौ चौकाको रुपमा अजश्र ढुँगानालाई देख्न पाईन्छ । फिल्मकी एक मात्र ‘मिस्सी’को रुपमा वर्षा राउत प्रस्तुत भएकी छिन् । अन्य कलाकारमा निर्मल शर्मा, श्याम राई, रमेश अधिकारी, शिबशँकर रिजाललगायत छन् ।