वाइडबडी किन्न २१ बैठक : कसको भूमिका के ?

२०७५, २७ पुष शुक्रबार ०८:४४

२९ असोज ०७२ बिहान ७:३०
पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा निगम सञ्चालक समितिका अध्यक्ष दिनेश थपलियाको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : वाइडबडी र न्यारोबडी विमान खरिद गर्न अध्ययन गराई विभिन्न विकल्पसहित तीन महिनाभित्र प्रतिवेदन पेस गर्न महाप्रबन्धक कंसाकारलाई जिम्मेवारी ।

२ वैशाख ०७३ साँझ ५:१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष प्रेमकुमार राईको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : सञ्चालक समिति सदस्य सूर्यप्रसाद आचार्यको संयोजकत्वमा वाइडबडी खरिद उपसमिति गठन ।

५ असोज ०७३ साँझ ५:१५
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक: वाइडबडी विमान खरिद सम्बन्धमा निगम व्यवस्थापनबाट पेस भएको प्रस्तावलाई अन्तिम रूप दिँदै खरिदका लागि बोलपत्रको ढाँचा तयार पार्न व्यवस्थापनलाई निर्देशन ।

७ असोज ०७३ बिहान ७:३०
मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : रोल्स रोयस इन्जिन जडान भएको दुई वाइडबडी एयरबस किन्न ४५ दिनको म्याद दिएर बोलपत्र आह्वान गर्ने निर्णय । निगमसँग दुईवटा न्यारोबडी भएकाले वाइडबडी पनि एयरबस नै किन्ने प्रस्टीकरण । बोलपत्रमा एक सयदेखि एक हजार घन्टासम्म उडेका जहाज किन्ने सर्त उल्लेख गर्ने निर्णय ।

१७ असोज ०७३ साँझ ४:४५

मन्त्रालयका सचिव तथा निगमका अध्यक्ष शंकरप्रसाद अधिकारीको अध्यक्षतामा निगम सञ्चालक समितिको बैठक : निगमलाई वाइडबडी आपूर्ति गर्न प्राप्त १० प्रस्ताव अध्ययन गरी प्रभावग्राही भए–नभएको यकिन गरी अर्को बैठकमा पेस गर्न व्यवस्थापनलाई निर्देशन ।

आजको नयाँ पत्रिकामा समाचार छ ।