सञ्चारकर्मी ढकालको अन्तेष्टी गरिँदै

२०७५, २६ पुष बिहीबार १७:४६

मकवानपुर २६ पुस । सञ्चारकर्मी एवम् शिक्षक मनोहर ढकालको अन्तेष्टी भईरहेको छ । अहिले हेटौंडा राप्ती किनारमा उनको अन्तेष्टी हुँदै गरेको जानकारी छ । अन्तेष्टीमा श्रदाञ्जली अर्पण गर्नका लागि मकवानपुरका पत्रकार, शिक्षक, नागरिक समाज, आफन्त लगाएको बाक्लो भिड देखिएको छ ।

ढकालको हिजो साँझ मोटरसाईकल दुर्घटनामा मृत्यु भएको भनिएपनि रहस्यमय तरिकाले उनलाई कसैले मारेको हुनसक्ने आशँका गरिएको छ । मकवानपुर प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ ।