भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय संग्रहालय स्थापना गर्ने तयारी

२०७५ पुष २६,बिहीबार १६:११

काठमाडौं २६ पौष । सरकारले भूकम्पसम्बन्धी अन्तर्राष्ट्रिय स्तरको संग्रहालय स्थापना गर्ने तयारी गरेको छ ।

राष्ट्रिय पुनर्र्निर्माण प्राधिकरणले बिहीबार संघीय संसदको दिगो विकास तथा सुशासन समितिको बैठकमा २०७२ साल बैशाख १२ गते गएको विनाशकारी भूकम्पको स्मृति हुनेगरी अन्तर्राष्ट्रिय स्तरको भूकम्पसम्बन्धी संग्रहालय बनाउने तयारी गरिएको जानकारी गराएको हो ।

प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले सो संग्रहालय पुनर्निर्माणको चरणमा रहेको विश्व सम्पदा धरहरा परिसरमै स्थापना गर्न लागिएको पनि स्पष्ट पारे ।