७ हजार १ सय ३० लिटर अवैध घरेलु मदिरा नष्ट

२०७५, २६ पुष बिहीबार १५:३६

काठमाण्डौ, २६ पौष । काठमाण्डौ तारकेश्वर नगरपालिका–४, दगुर्नेपानीमा प्रहरीले ७ हजार १ सय ३० लिटर अबैध घरेलु मदिरा नष्ट गरेको छ ।

बुधबार महानगरीय प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरी टोलीले काठमाण्डौ तारकेश्वर नगरपालिका–४, दगुर्नेपानीमा घर तथा टहरा भाडामा लिई जिल्ला रसुवा स्याप्रुवेशी घर भएकी लाक्पा शेर्पाले अबैध घरेलु मदिरा उत्पादन तथा विक्रीवितरण हुँदै आएको भन्ने सूचनाको आधारमा उक्त घरेलु मदिरा नष्ट गरेको हो ।

अबैध घरेलु मदिरा बरामद गरी तारकेश्वर नगरपालिका–४ का वडा अध्यक्ष र स्थानिय बासिन्दाहरू तथा मिडियाकर्मीहरूको रोहबरमा नष्ट गरिएको छ । घटनाको बारेमा आवश्यक अनुसन्धान भई रहेको छ ।

त्यस्तै, महानगरीय प्रहरी वृत्त बानेश्वरबाट खटिएको प्रहरी टोलीले बुधबार बेलुका ७ बजे विभिन्न स्थानमा रहेका भट्टी पसलहरू चेकजाँज गर्ने क्रममा ७ सय अवैध घरेलु मदिरा नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भई रहेको छ ।