एक लाख रुपैयाँ पैसासहित १८ तोला सुन चोरी

२०७५ पुष २६,बिहीबार १३:५८

सिराहा,२६ पौष । कल्याणपुर नगरपालिका–३ इटारी प्रसाही बस्ने रामदेव मण्डलको घरबाट नगद १ लाख रुपैयाँ, १८ तोला सुन, ७ सय ग्राम चाँदी, तम्सुक (कपाली कागज) ऋण दिएको फाइल र सोको रजिष्टर समेत बुधबार राति लुटपाट भएको छ ।

बाँसको भर्याङ प्रयोग गरी छतमाथिबाट घरभित्र प्रवेश गरेका १०/१५ जनाको अज्ञात समूहले हतियार देखाई लुटपाट गरेको बताइएको छ ।

प्रहरीले खोजि गर्ने क्रममा सोही ठाउँमा २ थान कटुवापेस्तोल र २ राउण्डगोली समेत फेला पारेको छ । फरार लुटेराहरुको खोजी गर्नुका साथै घटनाको विषयमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।