प्रधानसेनापति थापाले ६ दिने भारत भ्रमण गर्ने

२०७५, २६ पुष बिहीबार १३:४५

काठमाडौँ, २६ पौष । प्रधानसेनापति पूर्णचन्द्र थापाले शुक्रबारदेखि ६ दिने भारत भ्रमण गर्ने भएका छन् । ।

प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनी आफ्ना भारतीय समकक्षीस्थल सेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा त्यसतर्फ प्रस्थान गर्न लागेका हुन् ।

प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय सुरक्षा सल्लाहकारलगायत उच्चपदस्थ पदाधिकारीसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ । साथै उनले सेनाका समकक्षीस्थल सेनाध्यक्ष जनरल रावतसँग पनि द्विपक्षीय भेटघाट पनि गर्नेछन् ।