नेपाल–फ्रान्सको सद्भावना राजदूत मिस नेपाल श्रृङ्खला

२०७५, २६ पुष बिहीबार १२:१०

मकवानपुर २६ पौष । मिस नेपाल श्रृङ्खला खतिवडा नेपाल र फ्रान्सको संयुक्त ‘गुडविल एम्ब्यासडर’ (सद्भावना राजदूत) नियुक्त भएकी छिन् ।

परराष्ट्र सचिव शंकरदास बैरागी र नेपाल भ्रममा रहेका फ्रान्सेली विदेश मन्त्रालयका महासचिव मोरिद गुर्दाे मोन्तानले बुधबार राजधानीमा आयोजित एक कार्यक्रममा खतिवडालाइ नेपाल–फ्रान्सबीच कुटनीति सम्बन्ध स्थापना भएको ७० औँ वार्षिकोत्सव कार्यक्रमको ‘गुडविल एम्ब्यासडर’ नियुक्ति पत्र दिएका हुन् ।

नेपाल–फ्रान्सबीच कुटनीतिक सम्बन्ध स्थापनाको ७० वर्ष पुगेको उपलक्ष्यमा निर्माण गरिएको प्रतिक चिन्ह (लोगा) को परराष्ट्र सचिव बैरागी, उनका फ्रान्सेली समकक्षी मोन्तान र सद्भावना राजदूत खतिवडाले संयुक्त रुपमा सार्वजनिक गरे ।