अपडेट : हेर्नुहोस् तस्बिरमा- मनोहर ढकालको मृत्यु भएको घटनास्थल

२०७५, २६ पुष बिहीबार ०९:३२

मकवानपुर, २६ पुस । संचारकर्मी मनोहर ढकालको हिजो साँझ  मृत्यु भएपछि प्रहरीले अनुसन्धानलाई तिब्रता दिएको छ । शिक्षण पेशामा समेत आवद्ध ढकालको हिजो रहस्यमय रुपमा हेटौंडाबाट भैरवडाँडा जाने नजिक मृत्यु भएको थियो ।

उनले चढ्ने मोटरसाइकल लडेको अवस्था भेटिएको छ भने झोला तथा कागजपत्र यत्रतत्र छरिएको अवस्थामा छ । आज बिहानैबाट प्रहरीले घटनास्थलमा कुकुर प्रयोग गरी अनुसन्धान गरिरहेको छ ।

प्रहरी निरक्षक मधु थापाले घटनाको बिषयमा अनुसन्धान भइरहेकोले अहिले केही बोल्न नसकिने बताएका छन् । हेर्नुहोस्, घटनास्थलको केही तस्बिरहरु ।

 

 

यो पनि पढ्नुहोस् :

मनोहर ढकालको मृत्यु घटनास्थल हेर्दा शंकास्पद : हेर्नुहोस् भिडियो

अपडेट : घटनास्थलमा अनुसन्धान गर्न कुकुर लिएर पुग्यो प्रहरीको टोली

मकवानपुरे सञ्चारकर्मी ढकालको निधन रहस्यमय, ‘अनुसन्धान हुँदैछ’ : प्रहरी