मनोहर ढकालको मृत्यु घटनास्थल हेर्दा शंकास्पद : हेर्नुहोस् भिडियो

२०७५, २६ पुष बिहीबार ०९:०४
Featured Video Play Icon

मकवानपुर । संचारकर्मी मनोहर ढकालको हिजो साँझ मृत्यु भएपछि घटनाबारे अनेक अड्कलबाजी सुरु भएको छ । आज बिहानै तु खबरको टिम घटनास्थल पुगेको थियो ।

घटनास्थल हेर्दा उनको कुनै दूर्घटनाबाट मात्रै मृत्यु भएको हो भनी भन्न सकिने अवस्था छैन । हेटौंडाको राप्तीरोडपारिबाट भैरवडाँडातिर गएपछि मोटरसाइकलमा ३/४ मिनेटमा घटनास्थल पुगिन्छ ।

सवारी साधन बाक्लै आवतजावत गर्ने मूल सडक छोडेर करीव ५० मिटर पूर्व जंगलको बीचमा उनले चढ्ने ना. ३३ प ६३३८ नम्बरको मोटरसाइकल लडेको हालतमा छ । त्यसको केही परतिर हेल्मेट तथा त्यसको निकै पर उनलेको सधैँ बोक्ने गरेको झोला र अन्य कागजपत्र यत्रतत्र छरिएको अवस्थमा छ । कुनै दूर्घटना भएको भए घटनास्थल यस्तो अवस्थामा हुनै नसक्ने आफन्तहरु बताउँछन् ।

यो पनि पढ्नुहोस् :
अपडेट : घटनास्थलमा अनुसन्धान गर्न कुकुर लिएर पुग्यो प्रहरीको टोली

मकवानपुरे सञ्चारकर्मी ढकालको निधन रहस्यमय, ‘अनुसन्धान हुँदैछ’ : प्रहरी