अपडेट : घटनास्थलमा अनुसन्धान गर्न कुकुर लिएर पुग्यो प्रहरीको टोली

२०७५ पुष २६,बिहीबार ०८:४४

मकवानपुर । रेडियोकर्मी मनोहर ढकालको हिजो साँझ भएको मृत्युको कारण झनै शंकास्पद बन्दै गइरहेको छ । घटनास्थलको प्रकृति हेर्दा घटना सुनियोजित देखिएको छ ।

यस विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ, अनुसन्धान कार्य सम्पन्न भएपछि घटनाको वास्तविकता बाहिर आउने भएपनि यो विशुद्ध दूर्घटनामात्रै हो भनेर भन्न सकिने अवस्था छैन । आज बिहानै प्रहरीले अनुन्धानकार्यका लागि कुकुर प्रयोग गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक मधु थापाको कमाण्डमा प्रहरी घटना स्थलमा छ । हिजै प्रहरीले घटना स्थल नियन्त्रणमा लिएको
थियो ।