कानूनमन्त्री जम्मकट्टेलको पत्रकारहरुलाई सुझाव : ‘ नबुझी समाचार नलेख्नुस्’

२०७५ पुष २५,बुधबार १६:५६
file photo

उपेन्द्र जम्कटेल
मकवानपुर २५ पुस ।  प्रदेश ३ का आन्तरिक मामिला तथा कानून मन्त्री शालिकराम जम्मकट्टेलले कानुन सबैलाई समान पहुँच हुनुपर्ने बताएका छन् ।  बुधबार प्रदेश ३ को राजधानी हेटौंडामा भएको नागरिकता र महिलाको कानुनी सम्बन्धि प्रदेश स्तरिय संवाद कार्यक्रममा बुबाहरु भागेका तेस्ता आमाहरूबाट जन्मेका बालबालिकालाई पनि नागरिकता दिनुपर्ने बताए ।

अन्तरिम संविधान देखिनै महिलाहरुको समान सहभागिता समानुपातिक सहभागी र अहिलेको संहिता र मौलिक हक सबन्धी व्यवस्थामा थुप्रै कुराहरु महिला सबन्धि उत्पिडन भेदभाव अन्याय अत्याचार राजनीतिक परिवर्तन संगसगै संबोधन हुदै गएको बताए ।

नेपाको कानून उत्कृष्ट हुँदाहुदै पनि कार्यन्वयन गर्ने सवालमा धेरै कम्जोरी रहेको उनको भनाई छ ।

अहिलेको कानूनी प्रक्रिया पुरातनबादी २–४ सय बर्ष अगाडिको जस्तो अशिक्षित र निमुखा हरुले कुनै न्याय नपाउने गरेको उनको भनाई थियो । अर्को प्रसंगमा दोहोरो सुबिधा, अन्य सेवा सुबिधा बढी प्रयोग गरिएको भनी संचारमाध्यमा आयको समाचारप्रति ध्यानाकर्षण भएको भन्दै कार्यक्रममा जाँदा मन्त्रालयबाट र कार्यालय प्रयोजनको लागी मुख्यमन्त्री कार्यलयबाट लिने नियमअनुसार नै भएको र सत्य तथ्य नबुझी जथाभावी नलेख्न पत्रकारलाइ सुझाव दिए ।