हेटौंडामा देवानी र फौजदारी संहिता सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम

२०७५, २५ पुष बुधबार १७:२४

हेटौंडा २५ पौष । कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय काठमाडौंको आयोजनामा देवानी र फौजदारी संहिता सम्बन्धी सचेतना अभिवृद्धि कार्यक्रम भएको छ ।

प्रदेश नं. ३ को राजधानी हेटौंडामा बुधबार भएको कार्यक्रममा मन्त्रालयका सह–सचिव फडिन्द्र गौतमको सभाध्यक्षता रहेको थियो भने मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङको प्रमुख अतिथ्यता रहेको थियो ।

कार्यक्रममा हेटौंडा उपमहानगरका उपमेयर मिना लामा, थाहानगरका उपमेयर खड्ग गोपाली, भीमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना, न्यायिक क्षेत्रका अधिवत्ता नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेनाका प्रमुखहरु, विभिन्न सरकारी तथा गैरसरकारी संघ संस्थामा प्रमुख तथा प्रतिनिधिहरुको उपस्थिती रहेको थियो ।