पानीमा डुबेर एक महिलाको मृत्यु

२०७५, २५ पुष बुधबार १४:४८

उर्लाबारी, २५ पौष । मोरङको सुन्दरहरैंचा नगरपालिका–६ की ५३ वर्षीया जीतमाया लिम्बूको पैनीमा डुबेर मृत्यु भएको छ ।

मादक पदार्थ सेवन गरेर घर नजिकैको पैनीमा लडेकी लिम्बूको डुबेर मृत्यु भएको हो ।

लिम्बूको पानीमा डुबेर मृत्यु भएको अवस्थामा आज बिहान शव फेला परेको प्रहरीचौकी गछियाले जनाएको छ । शव परीक्षणका लागि उर्लाबारीस्थित मङ्गलबारे अस्पतालमा राखिएको छ ।