मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, एक घाइते

२०७५, २५ पुष बुधबार १४:४३

भक्तपुर, २५ पौष । सूर्यबिनायक नगरपालिका–५ सल्लाघारी चोकस्थित मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।

सिर्जनानगरबाट दुवाकोटतर्फ जाँदै गरेको बा ९४ प ७१७४ नं को मोटरसाइकल अनियन्त्रित भई आज दुर्घटना हुँदा मोटसाइकल चालक भक्तपुरको चाँगुनारायण नगरपालिका–४ बस्ने २९ वर्षीय शहीद तामाङको मृत्यु भएको हो ।

उनको उपचारको क्रममा इवामुरा अस्पताल सल्लाघारीमा मृत्यु भएको छ भने अर्का घाइते चाँगुनारायण नपा ४ बस्ने २७ वर्षीय सेरवबहादुर तामाङ घाइते भएका छन् । उनको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ ।