आगलागीबाट ३ लाख १० हजार बराबरको धनमाल जलेर नष्ट

२०७५ पुष २५,बुधबार १४:३२

काठमाडौं, २५ पौष । मकवानपुर र ताप्लेजुङमा भएका छुट्टाछुट्टै आगलागीबाट करिब ३ लाख १० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

मकवानपुर हेटौँडा उपमहानगरपालिका–१९ बासुदेव बस्ने सूर्यप्रसाद प्रजाको एकतले घरमा मंगलबार साँझ आगलागी हुँदा घर पूर्णरुपमा जलेर करिब १ लाख १० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

यसैगरी ताप्लेजुङ सिदिङवा गाउँपालिका–४लिम्बुदिन बस्ने अविशेक लिम्बुको गोठमा मंगलबार साँझ आगलागी हुँदा गोठ पूर्णरूपमा जलेर करिब २ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाकोसहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिनुकोसाथै घटनाको विषयमा आवशयक अनुसन्धान भइरेको छ ।