ट्याक्टर दुर्घटनामा परी एकको मृत्यु

२०७५ पुष २५,बुधबार १२:२८

दाङ, २५ पौष । घोराही उपमहानगरपालिका–४ सवारीकोट नजिकै गएराति सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

सोही नगरपालिका–४, सवारीकोटबाट दाउरा बोकेर लक्ष्मीपुरतर्फ जाँदै गरेको रा १ त १२४५ नंको ट्याक्टर र्दुटना हुँदा उनको घटनास्थानमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा ट्याक्टर चालक प्यूठान नौबहिनी गाउँपालिका स्याउलीवाङका २२ वर्षीय रामु बुढा रहेका छन् । उनको शव परीक्षणका लागि राप्ती स्वास्थ्य प्रतिष्ठान घोराहीमा राखिएको छ ।