१० दिनदेखि बेपत्ता रहेकी बालिका मृत अवस्थामा फेला

२०७५, २५ पुष बुधबार १२:२२

नवलपरासी, २५ पौष । पश्चिम नवलपरासीमा १० दिनअघि बेपत्ता भएकी एक बालिका गण्डक नहरमा मृत फेला परेकी छिन् ।

सुस्ता गाउँपालिका–२ कुडियास्थित हरिजन टोलकी १५ वर्षीया गीता हरिजन गण्डक नहरको भारतीय क्षेत्रमा मृत फेला परेकी हुन् ।

उनी गत पौष १५ गतेदेखि हराइरहेकी थिइन् । घटनाबारे अनुसन्धान भइरहेको छ ।
उनको शव परीक्षणका लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाएको इलाका प्रहरी कार्यालय बेलाटारीले जनाएको छ ।