आगलागीबाट रु बाह्र लाखको क्षति

२०७५ पुष २५,बुधबार १२:१८

बनियानी, २५ पौष । झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।

झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरीले जानकारी दिए ।

त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा रु नौ लाख बराबरको धनमाल क्षति भएको छ । आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।