मोतियाविन्दुका विरामीको निःशुल्क अप्रेशन

२०७५, २५ पुष बुधबार ११:५४

हेटौंडा २५ पौष । रोटरी क्लब अफ मकवानपुर र रोटरी क्लब अफ मिड टाउन काठमाडौंको आयोजनामा विभिन्न पाँच स्थानमा भएको निःशुल्क आँखा परीक्षणमा भेटिएको मोतियाविन्दुका विरामीहरुको अप्रशेन गरिएको छ ।

सामुदायिक आँखा अस्पताल हेटौंडामा मंगलबार आँखाको अप्रेशन गरिएको हो । आँखा अस्पतालको प्रविधिक सहयोगमा भएको आँखा शिविरपछि २ सय ५० जनाको निःशुल्क अप्रेशन गरिएको हो ।

सामुदायिक आँखा अस्पतालको प्राविधिक सहयोगमा क्लबले वर्षेनी विभिन्न जिल्लामा आँखा परीक्षण शिविर आयोजना गर्ने गरेको छ । आँखा शिविरमा भेटिएका मोतियाविन्दुका

विरामीहरुको निःशुल्क अप्रेशन समेत गराउने गरेको छ ।
क्लबले खानेपानी, विद्यालय भवन निर्माण तथा पोलियो उन्मुलनका लागि जनचेतनामूलक कार्यक्रम आयोजना गर्दै आइरहेको छ ।