प्रज्ञा ज्ञानमाला भजन संघमा नयाँ कार्यसमिति गठन

२०७५ पुष २५,बुधबार ११:३७

मकवानपुर २५ पौष । प्रज्ञा ज्ञानमाला भजन संघ मकवानपुरको नयाँ कार्यसमिति गठन भएको छ । पवन शाक्यको अध्यक्षतामा ९ सदस्सीय कार्यसमिति गठन भएको हो ।

संघको प्रथम उपाध्यक्षमा सुनकुमार मानन्धर, द्वितिय उपाध्यक्षमा शोभा बज्राचार्य, महासचिवमा नियमराज शाक्य, कोषाध्यक्षमा प्रेम शाक्य, सहसचिवमा तेजलक्ष्मी शाक्य, सह–कोषाध्यक्षमा रुपा बज्राचार्य, सदस्यहरुमा सुमित्रा श्रेष्ठ र सानु शाक्य रहेका छन् ।

प्रज्ञा महाविहारका अध्यक्ष रुपकराज बज्राचार्यको सभाध्यक्षतामा भएको कार्यक्रममा प्रज्ञा महाविहारका पूर्व सल्लाहकार पुष्पनन्द शाक्य, धर्मगुठी हेटौंडाका अध्यक्ष ज्ञानरत्न बज्राचार्य लगायतको आतिथ्य रहेको थियो ।

वि.सं. २०५६ सालमा गठन भएको प्रज्ञा ज्ञानमाला भजन संघमा ३५ सदस्य रहेका छन् ।