स्वाबास् वडा अध्यक्ष ज्यू जसले गरे २० घरपरिवारको निःशुल्क स्वास्थ्य विमा

२०७५, २५ पुष बुधबार १०:४६

हेटौंडा २५ पौष । हेटौंडा उपमहानगरपालिका वडा नं. १६ का वडा अध्यक्ष रामकृष्ण कोइरालाले वडाका २० घरपरिवारको निःशुल्क स्वास्थ्य विमा गराइदिएका छन् ।

वडा अध्यक्ष भएपनि राज्यबाट पाउने सेवासुविधासमेत नलिएका कोइरालाले आज एक कार्यक्रमको आयोजना गर्दै २० घरपरिवारको निःशुल्क स्वास्थ्य विमा खर्च उपलब्ध गराएका हुन् ।

कोइरालाले हेटौंडा उपमहागरपालिकाले उपलब्ध गराएको यातायाता सेवा मोटरसाइकल समेत प्रयोग गरेका छैनन् ।

यस अघि हेटौंडा उपमहानगरपालिका वडा नं. ५ का वडा अध्यक्ष राजेश बानियाँले पनि आफ्नै खर्चले ६० घरपरिवारको निःशुल्क स्वास्थ्य विमा उपलब्ध गराएका थिए ।