हेटौंडामा सिसि क्यामेरा जडानका लागि बैकर्स एशोसिएसनले दियो ४ लाख २५ हजार

२०७५, २४ पुष मंगलवार १८:३४

मकवानपुर २४ पौष । हेटौंडा उपमहानगरपालिकाभित्र सिसि क्यामेरा जडान गर्न बैकर्स एशोशिएसन मकवानपुरले ४ लाख २५ हजार सहयोग गरेको छ । आज हेटौंडामा एक कार्यक्रमको आयोजना गर्दै बैकर्स एशोसिएसनले मकवानपुर उद्योग वाणिज्य संघलाई ४ लाख २५ हजारको चेक हस्तान्तरण गरेको हो । हेटौंडामा अपराधिक कृयाकलाप बढ्दै गएकोले बजारमा सिसिक्यामेरा जडान गर्नका लागि बैंकहरुले सहयोग उपलब्ध गराएका हुन् ।

सहयोग रकम जुटेपछि मकवानपुरका प्रहरी प्रवक्ता डिएसपी यज्ञप्रसाद भट्टराईले बैकर्स एशोसिएसनको खुलेर पंशसा गरेका छन् । त्यसैगरी हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबहादुर महतले आफुले पनि नगरपालिकाबाट सिसिक्यामेरा जडानको लागि सक्दो सहयोग गर्ने बताए ।
बैकर्स एशोसिएसन मकवानपुरका अध्यक्ष रमेश प्याकुरेलले मउवा संघका अध्यक्ष कृष्ण कटुवाललाई उक्त रकमको चेक हस्तान्तरण गरेका थिए ।